युक्रेनमा आपतकाल घोषणा
रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपतकाल घोषणा गरिएको छ । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।
एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कर्फ्यू लागू गर्न सक्नेछ ।
पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ । एजेन्सी