गुटको नभइ विचारको राजनीति गर्छु–जयराम लामिछाने

जनपत्र
११ फाल्गुन २०७८, बुधबार १९:४८

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार जयराम लामिछानेद्वारा कांग्रेसले गुटको नभइ विचारको राजनीति गर्ने बताएका छन् ।

बुधबार हेटौंडामा प्रजातान्त्रिक एवम् लोकतान्त्रिक बिचार बोकेका बुद्धिजीवि व्यक्तिहरु र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसँग छलफल तथा विचार संकलन कार्यक्रम आयोजना गर्दै लामिछानेले समृद्ध कांग्रेस सुखी नेपाली कसरी बनाउन सकिने भनेर आफ्नो कुराहरु राख्दै प्रतिनिधिहरुबाट पनि राय सुझाव संकलन गरेका छन् ।

कार्यक्रममा राय सुझाव दिने क्रममा नेपाली लेखक संघका केन्द्रिय सदस्य ह्याग्रीब आचार्यले अहिलेका कांग्रेसीहरुले विपिको नाम सुनेको तर उनको बिचार र सिद्धान्तहरु अनुसरण नगरेको बताएका छन् । आचार्यले कांग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक कांग्रेसीको हातमा विपिको किताब बाढ्नुपर्ने सुझाव दिएका छन् ।

यसैगरी डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले मकवानपुरमा कांग्रेसको स्थापना हुँदा २५ जनाबाट सुरु भएको थियो भने आजको दिनसम्म ७० हजारको हाराहारीमा पुग्दा पार्टीको आकार बढेको तर विचारको आकार भने पहिल्यै जस्तो रहेको बताउँछन् ।

त्यसतै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पनि मकवानपुरमा कांग्रेसको विकासका लागि उनको सरसल्लाह, सुझाव र सहयोग सदैव रहने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद छत्कुलीले भने ुचुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने कांग्रेसको नेताहरुमा यो एउटा नराम्रो बानी छ । उनले यसतो प्रवृत्तिलाई कांग्रेसमा सुधार गर्नुपर्ने बताए ।

सोहि कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले अधिवेशन अघि यस्तो कार्यक्रम आयोजना गरि रायसुझाव संकलन कुनै उम्मेदवारले नगरेको बताए । ुउहाँको यो कार्यक्रम एकदम स्वागतयोग्य छ । अधिवेशनपछि सभापति बनेर जो आउनु भएपनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । यसले पार्टीलाई थप सशक्त बनाउन मदत पुग्छ ।ु अधिकारीले भने ।

कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकलु, कांग्रेस नेतृद्वय उमा दाहाल, रिता खनाल, कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको उपस्तिथि रहेको थियो भने कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुले आफ्नो छोटो धारणा राख्दै लामिछानेलाई जितको लागि शुभकामना समेत व्यक्त गरेका थिए । साथै लामिछानेले रायसुझाव दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै राय सुझावको अपेक्षा गरेको बताएका छन् ।

हालसम्म सभापतिका उम्मेदवार लामिछानेको प्यानलमा उपसभापतिको लागि आनन्द कठायत, धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक र सहसचिवमा इन्दिरा न्यौपानेले उम्मेदवारी दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*