एक पटक हाँसेको ४० रूपैयाँ !

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार १६:०५

हाँसेको पनि पैसा ? तपाईं अचम्म पर्नुभयो होला हैन ? पैसा तिर्नबाट जोगिन तपाईंले नहाँसेको अभिनय गर्न पनि सक्नुहुन्न, मेसिनले च्याप्प समातिहाल्छ र हाँसोको पैसा तिराउछ । यस्तो अचम्मको क्लब नेपालमा भने खुलिसकेको छैन ।

स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले आफुकहाँ आएका दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन शुरू गरेको छ । दर्शक कति हाँसे भन्ने पत्ता लगाउन उक्त कमेडी क्लबले प्रत्येक टेबलमा ‘अनुहारको हाउभाउ चिन्ने प्रविधि(फेसियल रिकग्नीसन टेक्नोलोजी)’ जडान गरेको छ ।

उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।

उक्त क्लबले एकपटक हाँसेको ३७ सेन्ट अर्थात करीब ४० रुपैयाँ जति तिर्नुपर्छ । यस्तो मूल्य कुर्चीमा बस्ने व्यक्ति मुर्छा परेर हाँसेको रहेछ भने बढ्न पनि सक्छ । तर त्यहाँ बसेर पनि कोही हाँसेन भने पूरै शो अवधिभर पैसा नै नतिर्नुपर्ने पनि हुनसक्छ । २०१४ मा शुरू भएको उक्त क्लबका म्यानेजरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै ग्राहकको कुनै कमी नरहेको बताए ।

नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने भनेर क्लबले घोषणा गरेपछि केही दर्शक जति हाँसो लागेपनि चुप लाग्ने भन्दै भित्र छिरे । तर उनीहरूको अनुहारको हाउभाउ हेर्दा मुस्कुराएको देखेपछि उनीहरूले आनन्द लिएको भन्दै मेसिनले टिकटको शूल्क लगाइदियो ।

उक्त कमेडी क्लबको सिको गर्दै अहिले स्पेनमा आधा दर्जन भन्दा बढी त्यस्तै क्लब खुलिसकेका छन् ।

-एजेन्सीको सहयोगमा 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*