पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश, तीन दिन वर्षा–हिमपातको सम्भावना

जनपत्र
११ फाल्गुन २०७८, बुधबार ०७:३१

वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरू भएको हो।

जसका कारण मुलुका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानमा भने मौसम आंशिक बदली रहेको महाशाखाले बताएको छ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यस्तो छ तीन दिनको मौसम

२०७८ फागुन ११ गते (बुधबार)
दिउँसो स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राती स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ फागुन १२ गते (बिहीबार)

दिउँसो स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती स् देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ फागुन १३ गते (शुक्रबार)

दिउँसो : देशका सूदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। सूदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङको समेत सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राती स् देशका सूदूरपश्चिम,कर्णाली, बाग्मती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। सूदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै उक्त प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङको समेत सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*