रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला

जनपत्र
१० फाल्गुन २०७८, मंगलवार १८:१३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी निकटको रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला आज हेटौंडामा भएको छ । बिश्वका बिभीन्न मुलुकमा रोजगारीको शिलाशिलामा गएर नेपाल फर्किएर स्वरोजगार रहेका युवाहरुको संस्थाको हेटौंडामा भेला भएको हो । एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रिटर्नीका केन्द्रीय नेता उत्तम अधिकारी, संबिधान सभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिब नविन सिग्देल, रिटर्नीका बागमती प्रदेश इन्चार्ज शालिकराम बस्याल, महासचिब लक्ष्मी प्रसाद आचार्य, उपमहासचिब काजी बहादुर थापा, एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, अनेमासंघ मकवानपुरका अध्यक्ष सुमित्रा काफ्ले लगायतकाको आतिथ्यता रहेको थियो ।

रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेलाले अध्यक्षमा कृष्ण प्रसाद घोरासाइनी, उपाध्यक्षमा नेत्र कुमारी तिमल्सीना, रामचन्द्र लोप्चन, सचिबमा लेखनाथ पौडेल, सहसचिबमा प्रकाश घिमिरे, कोषाध्यक्षमा सविन केसी लगायतका १९ सदस्य कमिटी चयन गरिएको हो । आजको भेलापछी गठित नयाँ समितिको बैठकले मकवानपुरका स्थानीय तह स्तरिय भेला पनि गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*