वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

जनपत्र
१० फाल्गुन २०७८, मंगलवार १५:२२

काठमाण्डाै – जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढका अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध जनही तीन लाख ६० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*