मकवानपुरमा २ सय ५२ बिद्यालयका भवन निर्माण हुँदै

८३ करोड ५८ लाख लागतमा ८ सय २५ कक्षा कोठा बन्दै, ६६ वटा कक्षाकोठाको निर्माण सकियो ।
जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार ०७:४५

हेटौंडा । मकवानपुरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत २ सय ५२ वटा बिद्यालयका कोठा निर्माण भईरहेका छन् । विद्यालय व्यावस्थापन समिति मार्फत चार बर्षको अवधिमा २ सय ५२ वटा बिद्यालयका ८ सय २५ वटा कोठा निर्माण गरिदै गरिएको छ । आर्थिक वर्ष २०७३ ।०७४ देखि चालु आर्थिक बर्ष सम्मको चार वर्षको अवधिमा दुईकोठे भवन एक सय ८ वटा, ३ कोठे भवन ४७ वटा, चारकोठे भवन ७९ वटा, ६ कोठे भवन १२ वटा र ८ कोठे भवन ६ वटा निर्माणको काम भईरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख बद्रीबहादुर पाठकले बताउनुभयो ।

कुल ८३ करोड ५८ लाख ६८ हजार रुपैयाँ लागतमा भवन निर्माण भईरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा ६८ विद्यालयमा २२ काक्षाकोठा, आर्थिक वर्ष २०७४÷७५ मा ६८ विद्यालयमा २२ काक्षाकोठा, आर्थिक वर्ष २०७५÷७६ मा ६५ विद्यालयमा २ सय कक्षाकोठा र चालु आर्थिक वर्षमै थप ५१ विद्यालयमा एक सय ८५ काक्षा कोठाको सम्झौता भएर काम भईरहेको पाठकले जानकारी दिनुभयो ।

बिद्यालय व्यावस्थापन समिति मार्फत निर्माण हुँदै गरेको आर्थिक वर्ष २०७३÷७४ तर्फको भने ६८ वटा कक्षा कोठा मध्यमा ६६ वटा कक्षा कोठा निर्माण भईसकेको र २ वटा कक्षा कोठा मात्र निर्माणाधिन अवस्थामा रहेको पाठकले बताउनुभयो । बिद्यालयका कक्षाकोठा निर्माणको काम सकिएपछी भुकम्पका कारण टहरा र क्षेती भएका बिद्यालयमा पढ्दै आएका बिद्यार्थीहरु सुरक्षित स्थानमा सर्नेछन् । अहिले भवन अभाबका कारण समस्या बेहोर्नुपरेका बिद्यालयहरुले सबै बिद्यालय भवन बनीसकेपछी भने समस्या हट्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*