मनहरीमा दुईवटा ट्रक ठोकियो, तीन जना घाइते

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार ०७:२१

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ९ खरगामा दुईवटा ट्रक एक आपसमा ठक्कर दिदा तीन जना घाईते भएका छन् । हेटौंडाबाट नारायणगढ तर्फ जादैगरेको ना २ ख ६७३२ नम्बरको ट्रक र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको भारतिय नम्बर प्लेटको एच आर ३८ भि ९४६१ नम्बरको ट्रक एक आपसमा बिहान ५ बजेतिर ठोकीदा ३ जना घाईते भएका हुन् ।

दुबै ट्रकका चालक र सहचालक घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । भारतिय ट्रकको चालक भारत युपी बस्ने दुसेन कुमार र सहचालक सुवास चन्द्र घाईते भएका छन् । त्यस्तै अर्का ट्रकका चालक हेटौंडा २ बस्ने बर्ष ४५ को झकेन्द्र कार्की घाईते भएका हुन् । उनीहरु तीनै जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*