हामी एमसीसीको विपक्षमा छाैँ, प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्छाैँ : प्रचण्ड

जनपत्र
८ फाल्गुन २०७८, आईतवार २०:१७

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको फेरि स्पष्ट पार्नुभएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले आज एमसीसी संसदमा टेबल गरेको छ । तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

यस्तै उहाँले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथी प्रहरीले गरेको दमनको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*