नेपाली सेनाद्वारा देउखुरीमा फेला परेकाे शङ्कास्पद वस्तुकाे ‘डिस्पोज’
दाङ – देउखुरीको लमही नगरपालिका-७ मा रहेकाे पूर्व पश्चिम राजमार्गको पद्मिनी खोला नजिकै सडक किनारमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
शङ्कास्पद वस्तु देखेपछि शनिवार राति गाडी चालकले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठ घटनास्थल पुग्नुभएकाे थियाे ।
‘राति डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरि हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयो’- प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो ।
प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखिएको शङ्कास्पद वस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलीले आज बिहान करिब साढे ११ बजे डिस्पोज गरेको हो ।