हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सर्यो

जनपत्र
७ फाल्गुन २०७८, शनिबार ०७:५०

हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सरेको छ । हङकङको कार्यकारी परिषद्ले मार्च २७ तारिख अर्थात आउँदो चैत १३ गतेका लागि तय भएको चुनाव मे ८ तारिखमा सार्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ प्रमुख कार्यकारीले जुलाइ महिनामा कार्यभार सम्हाल्नेछन् । वर्तमान कार्यकारी प्रमुख क्यारी लाम दोहोरिन सक्ने वा नयाँ अनुहार आउन सक्ने दुवै सम्भावना देखिएको छ । सन् २०१७ मा सम्पन्न चुनावमा लाम निर्वाचन समितिका बाह्र सय जनामध्ये सात सय ७७ जनाको मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

परिवर्तित व्यवस्था अनुसार यसपालि १५ सय सदस्यले नयाँ नेतृत्व चयन गर्नेछन् । चुनाव सार्न परिषद्ले विद्यमान आपत्कालीन कानुनलाई आधार देखाएको छ । चीनले एक वर्षअघि हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि लागू गरेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*