बालाजु दुर्घटनाका चालक धादिङबाट पक्राउ

जनपत्र
६ फाल्गुन २०७८, शुक्रबार १९:२६

काठमाण्डौ – काठमाण्डौको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् ।

काठमाण्डौ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीवार बिहान गाडी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

वाग्मती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाण्डौ रुटमा चल्ने बसको ठक्करबाट काठमाण्डौ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाण्डौ महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको ज्यान गएकाे थियाे ।

दुर्घटनामा गम्भीर भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ज्यान गएकाे महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*