मकवानपुरका सांसद खतिवडाले भने सहारा भएर उभिदिनुस्, शून्य समयको अर्थ होला कि माननीय सभामुख ज्यू !

‘शून्य’ समय गल्तीबस नियमावलीमा अंकगणितको शून्य समय भएछ माननीय सभामुख ज्यू !
जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार १९:०६

हेटौंडा । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले शून्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाइ नभएको भन्दै शून्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विरोध खतिवडाले शून्य समयमा उठेका विषयहरूको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।

उनले संसदका आवाजलाई सरकारले व्याकरणको कानले सुन्ने शून्य समय हुनुपर्नेमा अंकगणितको शून्य समय भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

उनले भने, ‘शून्य समयको आशय मनसाय चाहिँ संसदको आवाज सरकारले सुन्ने व्याकरणको कानले सुन्ने हो तर गल्तीबस नियमावलीमा अंकगणितको शून्य समय भएछ माननीय सभामुख ज्यू, अनि शून्यमै यो हराए जस्तो लाग्यो। त्यसका बाबजुत पनि शून्य पनि अत्यन्तै शक्तिशाली छ माननीय सभामुख ज्यू, एउटा सहारा पायो भने दस गुणा पावरफुल हुन्छ। को पछाडि शून्य थपिदिनोस् १०, दसको पछाडि थपिदिनोस् सय, सयको पछाडि शून्य हजार। हजारको, दशहजार, लाख हुन्छ। सभामुख सहारा भएर उभिदिनुस् हामी एक एक वटा शून्य थपिएर दस गुणा पावरफूल हुन्छौं। त्यसपछि शून्य समयको पनि अर्थ होला माननीय सभामुख ज्यू !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*