प्रनानि दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित
हेटौंडा । नेपाल प्रहरीका नायव निरीक्षक (सई) दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । माघ महिनाको सर्वोत्कृष्ट घोषणा गर्दै बागमती प्रदेशका डीआईजी प्रकाशजंग कार्कीले उनलाई नगद पुरस्कार सहित सम्मान गरेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अन्वेषण योजना शाखामा कार्यरत पराजुलीले वार्षिक कार्ययोजनाअनुसार लक्षित गतिविधिलाई प्रभावकारी कार्यान्वयन गरेको प्रदेश प्रहरीको निष्कर्ष छ ।
तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको र प्रदेश कार्यालयबाट निर्माण गरिएका योजना, कार्ययोजना तथा मापदण्ड तयार गर्न उनले महत्वपुर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।







