एमाले मकवानपुरद्धारा जनवर्गीय संगठनसंग छलफल
मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले बुधबार पार्टीमा आवद्ध २३ वटै जनवर्गीय संगठनसँग छलफल गरेको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता एवम् केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा संगठन निर्माण/विस्तार एवम् निर्वाचनलगायत समसायिम विषयमा प्रशिक्षणात्मक छलफल गरेको हो ।

पार्टी कार्यालय हेटौंडामा भएको छलफलमा जनवर्गीय संगठनहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित भएर कार्यत्रफमहरू संचालन गर्न निर्देशन गरिएको छ । छलफलमा २३ वटै जनवर्गीय संगठनलाई पार्टी जिल्ला कमिटीको निर्णय कार्यान्वयन गर्न, संगठन निर्माण र बिस्तार द्रुत गतीमा अगाडी लैजान साथै आगामी निर्वाचन केन्द्रित कृयाकलापहरु सञ्चालन गर्न निर्देशन गरिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । प्रशिक्षणात्मक छलफल कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर सहईन्चार्ज जुनेली श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य देबराज रिमाल, रघुनाथ खुलाल, पद्मा पौडेल, श्याम श्रेष्ठल, एमाले मकवानपुरका सचिब नविन सिग्देल लगायत नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







