हेटौंडामा हुने प्रदेश ३ को समन्वय परिषद् बैठक स्थगित

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले हेटौंडामा गर्न लागेको प्रदेश समन्वय परीषद् बैठक पाँच दिनका लागि स्थगित गरिएको छ । प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा गर्न लागिएको बैठक पाँच दिनका लागि स्थगित गरिएको हो । प्राबिधिक कारणले स्थगित गरिएको समन्वय परिषद् बैठक पाँच दिन पछी सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले बताउनुभयो ।
प्रदेश सरकारले यही जेठ २४ र २५ गते हेटौंडामा बिहान ८ बजेदेखि संचालन हुने भनिएको थियो । तर, अब सोही स्थान र समयमा पाँच दिनपछी सञ्चालन हुने ढकालले बताउनुभयो । समन्वय परीषद बैठक प्राविधिक कारणबश सरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरेको बैठक अब यहि जेठ २९ र ३० गते हेटौंडामा उही समयमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
प्रदेश नम्बर ३ का एक सय १९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सहभागि गराएर गर्न लागिएको समन्वय परिषद बैठकको सबै तयारी पुरा भईसकेको थियो । तर, पछील्लो समयमा प्राबिधिक कारणले कार्यक्रम सरेको हो ।