कृषिको लागि इजराइलबाट उपकरण ल्याउँछौं: प्रधानमन्त्री

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार ०५:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले इजराइलबाट कृषि उपकरण ल्याएर नेपालमा कृषि उपजको उत्पादन बढाउने बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट अर्वन टेक्नोलोजी च्यालेन्ज २०१८’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापना गर्न खोजेको जानकारी बताए।

‘अस्ति १९४७ मा बनेको बालुवा–बालुवाको देश इजराइल जहाँ पिउने पानी छैन, समुन्द्रको पानि छानेर पिउनुपर्थ्यो। दुई प्रतिशत मात्र जनसंख्या कृषिमा संलग्न थिए, त्यो देशले आफूलाई पुग्ने उत्पादन गरेर त्यो भन्दा धेरै बेच्छ,’ उनले भने, ‘हाम्रो दुई भाग जनसंख्या कृषिमा अल्झिएको छ। त्यस अनुसार उत्पादन र योगदान निकै कम छ। पुरानो खालको कृषि छ। हामीलाई आधुनिकीकरण चाहिएको छ। हामीलाई प्रविधि चाहिएको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*