स्कर्ट लगाएर अफिस आउने महिला कर्मचारीलाई बोनस दिइने

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार ०५:३८

पछिल्लो समय विश्वको एउटा घटनाले सोसल मिडिया तताएको छ । महिला अधिकारकर्मीहरु यसलाई घृणित तथा सेक्सिस्ट कार्य भन्दै आलोचना गरिरहेको छन् । आखिर सोसल मिडियामा तहल्का मच्चाउने यो काण्ड के हो त ? वास्तवमा रुसमा भएको स्कर्ट काण्ड अहिले चर्चामा छ । रुसको एउटा कम्पनीले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन प्रोत्साहित गर्दै पुरस्कारको घोषणा गरको विषयले विवाद उत्पन्न गरेको हो ।

रुसको आल्मुनियम कम्पनी टाटप्रुफले नारित्व म्याराथन अभियान सुरु गरेको छ । जसअन्तर्गत कम्पनीमा स्कर्ट लगाएर आउने कर्मचारी तथा कामदार महिलालाई बोनस दिइनेछ । स्कर्ट लगाएर अफिस आएबापत महिलाहरुले दैनिक झण्डै १ सय ८० रुपैयाँ बराबरको रकम बोनस पाउनेछन् ।

बोनस पाउनका लागि महिलाहरुले केही शर्तको पालना गर्नुपर्ने हुन्छ । स्कर्ट धेरै लामो अर्थात् घुँडाभन्दा पाँच सेन्टिमिटरभन्दा बढी तल आउने हुनु हुँदैन । साथै सबुतको रुपमा आफ्नो फोटो खिचेर कम्पनी व्यवस्थापनलाई पठाउनुपर्ने हुन्छ ।

महिलाहरुको अपमान तथा शोषण गरेको भन्दै यस अभियान प्रति तीव्र आलोचना भइरहेका बेला उक्त कम्पनीका प्रवक्ताले भने अभियान सेक्सिस्ट नभएको बताएका छन् । उनका अनुसार ६० भन्दा धेरै महिलाले अहिलेसम्म यसमा भाग लिइसकेका छन् ।

यस अभियानले महिलाहरुमा जागरुकता बढ्ने उनको दाबी छ । स्कर्ट लगाउँदा महिलाले नारित्व तथा आकर्षणको महसुस गर्ने उनको जिकिर छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*