एमसीसीकाे विराेध गर्दै एकीकृत समाजवादीकाे प्रदर्शन

जनपत्र
१ फाल्गुन २०७८, आईतवार १७:०८

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयाेग नियाेग (एमसीसी) सम्झौताविरुद्ध काठमाण्डाैमा विराेध प्रदर्शन गरेको छ ।

आज आइतवार पार्टीको भातृ सङ्गठनले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका प्लेकार्ड सहितको नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा पार्टीसँग आबद्ध भातृ सङ्गठनका नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रूपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) ले एमसीसी यथास्थितिमा स्वीकार्य नहुने बताउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*