कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

जनपत्र
२९ माघ २०७८, शनिबार १२:३६

मुस्ताङ – कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड भाेलिदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण  याे सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका गाडी चलाउन बन्द गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*