एसईई–२०७८ : लब्धाङ्कपत्र प्रमाणीकरणबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने तयारी

जनपत्र
२८ माघ २०७८, शुक्रबार ०७:३१

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङकपत्र प्रमाणीकरण मात्र गर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव स्वीकृत भए यो वर्षको परीक्षाको उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ, डिकोडिङलगायत सबै काम प्रदेशले गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले केही दिनअघि सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको जानकारी दिँदै भन्नुभयो–‘प्रस्ताव स्वीकृत भएर कार्यान्वयनमा आए यो वर्ष प्रश्नपत्र निर्माणबाहेकका परीक्षाका सबै काम प्रदेश सरकारले गर्नेछ । बोर्डले लब्धाङ्कपत्र प्रमाणीकरण मात्र गर्नेछ ।’ उहाँका अनुसार संघीय शिक्षा ऐन नआएसम्म लब्धाङ्कपत्र बोर्डबाट मात्र वितरण हुनेछ ।

मन्त्री परिषद्मा पेस गरिएको प्रस्तावमा प्रश्नपत्र निर्माण गर्ने अधिकार पनि प्रदेश सरकारलाई दिइएको छ । परीक्षा सञ्चालन गर्न प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा परीक्षा समन्वय समिति गठन गर्ने र सोही समितिले परीक्षा लिने प्रस्तावमा उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेश शिक्षा निर्देशनालयलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको पुष्टि गर्दै प्रस्ताव स्वीकृत भए राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा सो विषय उल्लेख हुनेछ ।

शिक्षा ऐनको दफा पाँचको उपदफा ४ ९ट० मा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था छ । सोहीव्यवस्था अनुसार बोर्डले लब्धाङपत्र प्रमाणीकरण गरी बाँकी सबै काम प्रदेश सरकारलाई दिने तयारी गरेको छ । उहाँका अनुसार प्रस्ताव पास भए जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ । प्रदेशले आ–आफ्नै अनुकूलमा नतिजा सार्वजनिक गर्न सक्नेछन् । सार्वजनिक भएको लब्धाङ्कपत्रमा बोर्डको अधिकार कटौती नभएसम्म बोर्डबाटै प्रमाणीकरण गर्ने व्यवस्था छ ।

प्रदेशले लब्धाङ्कपत्र प्रमाणीकरण ऐन संशोधन गर्नुको विकल्प नरहेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘प्रदेशले नतिजा सार्वजनिक गरेपछि त्यसलाई बोर्डमा पठाउनुपर्ने हुन्छ र बोर्डले उक्त नतिजा प्रमाणीकरण गर्नेछ ।’२०७६ सालमा उच्चस्तरीय शिक्षा नीतिमा ‘माध्यमिक शिक्षाको समन्वय, अनुगमन तथा नियमन र माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण’को जिम्मेवारी प्रदेश सरकारको रहने उल्लेख छ । तर, सो नीति बाहिर आउन सकेको छैन ।

बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । फागुन र चैत गरी दुई महिना पढाइ भएपछि परीक्षा लिने व्यवस्था गरिएको हो । शिक्षा पत्रकार सञ्जाल नेपाल ९ईजोन० ले हिजो बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डा। शर्माले परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारको मूख्य भूमिका रहने बताउनुभयो । उहाँले भन्नुभयो–‘यो वर्ष पढाईलाई पूर्णता दिन भौतिक उपस्थितिमै परीक्षा गर्न लागेका हांै ।’ कोरोना भाइरस संक्रमणका कारण २०७६ र २०७७ सालको एसईईको आन्तरिक मूल्याङ्कनबाट भएको थियो ।

यो वर्ष करिब २ हजार परीक्षा केन्द्रमा झण्डै ५ लाख विद्यार्थीले परीक्षा दिनेछन् । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा आगामी वैशाख २० गते सम्पन्न हुने तालिकाअनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । ११ गते आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ ।

त्यस्तै, वैशाख १३ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । वैशाख १४ गते अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इन्जिनियरिङ, ड्रइङ, कम्प्युटर प्रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । १५ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङको परीक्षा हुनेछ ।

वैशाख १६ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेद विद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेद विद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

वैशाख १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, इलोक्ट्रिोनिक्स डिभाइस एन्ड सर्किट, वाटर रिसोर्सेस र इन्जिनियरिङको परीक्षा हुनेछ । वैशाख १९ गते प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुने बोर्डले जारी गरेको परीक्षा तालिकामा उल्लेख छ । स्थानीय तहको निर्वाचनको कारण २० गतेसम्म परीक्षा सक्नुपर्ने बाध्यताले गर्दा शनिबारसमेत परीक्षा हुने भएको हो ।

अन्तिम दिन वैशाख २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरिनरी ल्याब्रोटरी टेक्निक, इन्ड्रस्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्य वादन र नृत्यको परीक्षा हुने भएको छ । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*