स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ

जनपत्र
२६ माघ २०७८, बुधबार १४:३८

काठमाण्डाै – स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित काठमाण्डौको बालाजु बाइपासबाट एकजना पक्राउ परेका छन् ।

६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोटको ककनी घर भएका २९ वर्षीय नवराज ढुंगानालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । विशेष सूचनाको आधारमा हिजो मङ्गलवार बेलुका ५ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले ढुंगानाले बोकेको झोलाबाट रकम बरामद गरेको  हो ।

पक्राउ परेका ढुङ्गानालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*