हेटौंडा आएर राप्रपा कार्यकर्तालाई कमल थापाको संबोधनः नयाँ पाटी खोल्ने संकेत

जनपत्र
२५ माघ २०७८, मंगलवार १४:४६

हेटौंडा । हेटौंडा आएर राष्ट्रिय प्रजातन्त्र पाटी परित्याग गरेका कमल थापाले नयाँ पाटी खोल्ने संकेत गर्नु भएको छ । अहिले तत्काल आफु पाटीबाट अलग हुने र पछी सबैको सल्लाहमा मात्र के गर्न सकिन्छ त्यही गर्ने बताउनुभयो । राप्रपा पाटीमा मकवानपुरमा रहेका कार्यकर्तालाई संबोधन गर्दै उहाँले अलग पाटी बनाउने संकेत गर्नुभएको हो ।

राप्रपाका निवर्तमान अध्यक्ष समेत रहनु भएका थापाले पूर्व राजाको हस्तक्षपकारी भूमिकाकै कारण आफुले पाटीको अध्यक्ष पदको चुनाबमा पराजित हुनुपरेको बताउनु भयो । नयाँ दल खोल्ने वा अरु केहीगर्ने भन्ने विषयमा सल्लाह गरेर निर्णय गरिने उहाँले बताउनुभयो ।

मकवानपुरमा पाटीका कार्यकर्ताहरुलाई समेत संबोधन गर्दै उहाँले अब नयाँ यात्राका साथ अगाडी बढ्ने घोषणा समेत गर्नुभयो । यो यात्रा नयाँ राप्रपा फुटाउने होइन भनेर थापाले भनेपनि नयाँ पाटी निर्माण गर्ने योजना रहेको छ । अहिलेको यात्रा नयाँ नविन बिचारधाराको यात्रा रहेको थापाले बताउनुभयो । कसैलाई कुनैपनि दुबिधा भएमा केही करकाप समेत नगर्ने थापाले बताउनुभयो । अब नयाँ यात्राका साथ अगाडी बढ्ने उहाँले बताउनुभयो । आफुहरु सक्रिय राजतन्त्र बोकेर नहिड्ने बताउनुभयो । राजनीतिमा सबैखालका अबरोध हटाएर नयाँ संभाबनातिर लागेको उहाँले बताउनुभयो ।

राप्रपा पाटी राजाले खोलेको पाटी नभएको बताउँदै थापाले भन्नुभयो–‘म जितेको भएपनि निर्मल निवासले चुनाबमा गरेको हत्क्षपको बिरोध गर्थे । पहिले पनि राजाकै कारण पाटी फुटेको हो । अहिलेको पाटीभित्रको चुनाबमा पनि राजाले हस्तक्षप गर्नुभयो । यसलाई सहीय भएन ।’
राप्रपालाई राजनीति पाटी भन्दा पनि राजाको पुनरस्थापना गर्ने भजन मण्डली समिति बनाउन लागिएको उहाँले बताउनुभयो । नियोजित रुपमा पाटीभित्रको चुनाबमा ४ सय भन्दा बढी म तबदर गरिएको उहाँले बताउनुभयो । आफुहरुले परिकल्पना गरेको राजसंस्था पाटी राजनीति भन्दा माथी रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेको आजै घोषणा गर्नु भएको छ । आज हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भन्नुभयो– ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’
थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताउनुभयो । अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताउनुभयो ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आउनु भएको थियो । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् । थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आउनु भएको छ । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*