जिसस मकवानपुरद्धारा बागमती गाउँपालिकाकाे अनुगमन
मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरले सोमबार जिल्लाकाे बागमती गाउँपालिकाे अनुगमन गरेको छ । स्थानीय तहहरुको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरण, सामाजिक सुधारलगायतका क्षेत्रमा भए/गरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा सोमबार बागमती गाउँपालिकाकाे अनुगमन गरेको हो । यस अघि जिससले आइतबार माैजदात काेषबाट निर्माणाधिन हेटाैंडा–१४ बदेलधाप, स्थित खानेपानी आयाेजनाकाे अनुगमन गरेकाे थियाे ।


अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद सापकोटाले स्थानीय तहमा यो वर्ष कोभिडका कारण उपलब्धी कम भएको जानकारी दिनुभयो । उहाँहरुले हालसम्म गाउँपालिकाको ६० प्रतिशत योजना सम्झौता भईसकेको र ३० प्रतिशत सम्पन्न भईसकेको जानकारी दिनुभयो ।
यस्तै उहाँहरुले प्रदेशका योजनाहरु भने समन्वयको अभावका कारण कार्यानवयनमा समस्या रहेको बताउनुभयो । समन्वयको अभावमा एउटै प्रकृतिका योजनामा प्रदेश र स्तथानीय तहको लगानी हुने समस्या रहेको बताउनुभयो । अनुगमन टोलीमा जिसस सदस्यहरु देवराज रिमाल, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, प्रेससंयोजक बिवश अधिकारीलगायतको सहभागिता थियो ।






