अस्ट्रेलियाका केही खेलाडीले पाकिस्तानमा हुने क्रिकेट शृङ्खला नखेल्न सक्ने

जनपत्र
२४ माघ २०७८, सोमबार १९:२५

unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका केही क्रिकेट खेलाडीले पाकिस्तानको भ्रमण नगर्ने भएका छन् । सुरक्षाका कारण एक/दुई जना खेलाडीले पाकिस्तानसँग हुने शृङ्खलाका लागि भ्रमण नगर्ने सम्भावना रहेको अस्ट्रेलियन क्रिकेटर एसोसिएशनलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।

अस्ट्रेलियाकाे क्रिकेट टोली २४ वर्षपछि आउँदो मार्च महिनामा क्रिकेट खेल्न पाकिस्तानको भ्रमणमा जाँदैछ । अस्ट्रेलियन क्रिकेटर एसोसिएशनका प्रमुख कार्यकारी टोड ग्रिनबर्गले कतिपय खेलाडी सुरक्षाको डरले पाकिस्तान प्रवेश गर्न हिच्किचाइरहेको बताएका छन् । २४ वर्षपछि पाकिस्तान भ्रमण हुन लागेकाले सकभर अस्ट्रेलियाकाे पूर्ण र बलियो टोली नै सहभागी हुने सम्भावना रहेको छ तर एक दुई जना खेलाडी नजान सक्ने खबरमा उल्लेख छ ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले पनि गएकाे हप्ता भएको एक पत्रकार सम्मेलनमा पाकिस्तान भ्रमणमा नजाने खेलाडीको निर्णयमा आफ्नो समर्थन रहने बताएका थिए । क्रिकेट अस्ट्रेलियाले पाकिस्तानको सुरक्षा अवस्थाबारे बुझ्न गएको डिसेम्बरमा कर्मचारीको प्रतिनिधिमण्डल पाकिस्तान पठाएको थियो । पाकिस्तानले खेलाडीको सुरक्षामा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

पाकिस्तान र अस्ट्रेलियाबीच कराँची, लहोर र रावलपिन्डीमा तीन खेलको टेस्ट शृङ्खला, तीन खेलको एकदिवसीय र एक खेलको टी–२० शृङ्खला हुँदैछ । पाकिस्तान भ्रमणमा जाने अस्ट्रेलियाको टोली भोलि मङ्गलवार घोषणा हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*