राक्सीराङमा नेकपाको भेला, वडा तहमा पार्टी एकिकरण

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पार्टी एकिकरणको काम वडातहबाट सुरु गरेको छ । जिल्ला स्तरमा पार्टी एकिकरणबाट अध्यक्ष र सचिव चयन भएसंगै वडातहमा पनि पार्टी एकिकरणको काम सुरु भएको हो । त्यही क्रममा आज मकवानपुरको राक्सीराङ गाउँपालिका वडानम्बर ३ सरिखेतमा पार्टी एकिकरणको काम सुरु भएको छ । एकिकरण भेलालाई उद्घाटन् गर्दै प्रदेश ३ सभाका सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पार्टी एकतालाई एक ढिक्का बनाएर वडातह सम्म लैजान लागिएको बताउनुभयो ।
रेल नयाँ लिकमा चढ्न थालेसंगै पार्टी पनि नयाँ तरिकाले अगाढी बढेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य तथा नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, संबिधानसभाका पूर्ब सदस्य गोबिन्दराम चेपाङ, राजाराम स्याङतान, नेकपाका नेताहरु लालबहादुर थापा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । भेलाले उत्तम लामाको संयोजकत्वमा २९ सदस्य नयाँ कमिटी चयन गरेको छ ।