अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

जनपत्र
२४ माघ २०७८, सोमबार ११:५९

unn.prixa.net

काठमाण्डाै – सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराति क्यामरुनमा भएको फाइनल खेलमा सेनेगलले पेनाल्टी सुट आउटमा इजिप्टलाई हराएको हो ।

निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमार्फत भएको थियाे ।

पेनाल्टीमा सेनेगल ४–२ गोल अन्तरले विजयी भएकाे हाे । सेनेगलका लागि साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालीडोउ कुलिबालीले एक-एक गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*