कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

जनपत्र
२४ माघ २०७८, सोमबार ११:५८

काठमाण्डाै – नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो।

नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । उहाँले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनु भएको थियो।

महाधिवेशनमा पराजित भए पनि उहाँलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*