बागमती प्रदेश सरकार अन्तरगतका अस्पताल र ६४ वटा स्थानीय तहलाई स्वास्थ्य जाँच गराउन मेसीन सहयोग
हेटौंडा । बागमती प्रदेश सरकार अन्तरगतका अस्पताल र ६४ वटा स्थानीय तहलाई स्वास्थ्य जाँच गराउन मेसीन सहयोग गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयलयले आफ्ना मातहतका अस्पतालका लागि स्वास्थ्य जाँच गराउनका लागि मेसीन हस्तान्तरण गरिएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
उच्चस्तरको रोग निदानात्मक सेवा प्रदान गर्न हेटौँडा अस्पतालको लागि एमआरआई मेशिन सहयोग गरिएको छ । यस्तै सिन्धुली, भक्तपुर, त्रिशूली, धादिङ र बकुलहर अस्पतालको लागि सिटीस्क्यान मेशिन सहयोग गरिएको उहाँले बताउनुभयो ।
यसैगरी महिलाको गर्भको जटिलता जाँच गर्न प्रयोग गरिने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन ६४ स्थानीय तहका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ । ११ वटा प्रदेश अस्पतालमा एनआइसियु स्थापना गर्ने तयारी भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।






