हेटौंडाको नेवारपानीमा सवारी दुर्घटनामा श्रेष्ठको मृत्यु

जनपत्र
२३ माघ २०७८, आईतवार १८:४२

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा १० निवासी बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को मृत्यु भएको छ । भारतीय ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिदाँ श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसा बाट आउदै गरेको एनएल –०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्क दिदा स्कुटरमा सवार हैटौंडा–१० टिसिएनरोड बस्ने अन्दाजी ५० बर्षीय बुद्धि बहादुर श्रेष्ठको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताउनुभयो ।

गम्भिर घाईते उनको उपचारको क्रममा हेटौंडा११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने सवारी प्रहरी नियन्त्रणमा रहेको तर चालक फरार रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*