बागमती प्रदेशसभाको अझै बनिसकेन स्थायी संरचना

जनपत्र
२३ माघ २०७८, आईतवार ०८:११

हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रालयहरु जस्तै प्रदेशसभा भवन पनि पहिलेको सरकारी कार्यालयलाई सामान्य मर्मत गरेर सञ्चालन भइरहेको छ । प्रदेशका मन्त्रालय र मुख्यमन्त्री कार्यालय पनि पुरानै भवनमा छन् । प्रदेशसभा भवन निर्माणको काम भइरहेको छ । तर, हाल सम्म पनि पुरानै भवनमा काम गर्नुपर्ने बाध्यता छ ।

मुख्यमन्त्री कार्यालय देखि बिभीन्न मन्त्रालयहरु पुरानै जिर्ण भवनमा सञ्चालनमा छन् । बागमती प्रदेशसभा स्थापना भएको चार वर्ष भइसक्दा पनि हालसम्म प्रदेशसभाले स्थायी संरचना पाउन सकेको छैन। हेटौंडा–१० मा रहेको संघीय सरकारअन्तर्गतको सरकारी भवनबाट सुरु भएको प्रदेशसभा बैठक ४ वर्ष बित्दासमेत त्यही भवनमा सीमित बनेको छ।

हालसम्म प्रदेशसभाले आफ्ना लागि स्थायी भवन पाउन सकेको छैन। प्रदेशसभा सञ्चालन गर्नका लागि फलामे भवन निर्माण भइरहेको छ । तर, त्यो कहिले सम्पन्न हुने भन्नेमा अझै निश्चित छैन ।
बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा टुंगिएको २ वर्षभन्दा बढी भइसक्दा पनि प्रदेशसभा स्थायी संरचना पाउन नसकेको हो। गत वर्षबाट हाल अस्थायी रूपमा रहेको प्रदेशसभा सचिवालय परिसरमा नै स्थायी संरचना निर्माणको कार्य सुरु गरिए पनि हालसम्म पूर्णता पाउन सकेको छैन।

बागमती प्रदेश सरकारले २०७७ साल कात्तिक १९ गते २०७९ सालको वैशाखसम्म भवन निर्माण गरिसक्ने गरी सम्झौता गरेको थियो। भवन निर्माण कार्यले पनि खासै गति लिन सकेको छैन। हालसम्म भवनको फ्लोरिङ र ट्रष्टको मात्रै काम भएको छ‚ जुन करिब आधा मात्रै हो। यही गतिमा काम हुने हो भने निर्धारित समयमा भवन निर्माण कार्य सम्पन्न नहुने निश्चितप्रायः छ।

प्रदेश सरकारले ४ करोड ९४ लाख नौ हजार ९ रुपैयाँमा संघीय संसदमा संरचनामा भवन निर्माण गर्न अर्घाखाँची सगुन पारामाउन्ट ज्वाइन भेन्यु जेभीसँग सम्झौता गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*