मकवानपुरमा हिउँखेल्ने क्रममा एक जनाको मृत्यु
हेटौँडा । मकवानपुरको ईन्द्रसरोबरमा हिउँ खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।
मकवानपुरको उत्तरी क्षेत्र काठमाडौं र मकवानपुरको सिमानमा अवस्थित *ईन्द्रसरोबर-५ देउरालीडाँडामा हिउँमा खेल्दाखेल्दै एक युवकको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताएका छन। हिजोको अविरल बर्षासँगै परेको हिउँ खेल्न साथीहरुसँगै आएका एक युवकको शनिबार दिउँसो हिउँमा खेल्ने क्रममा ज्यान गएको बझिएको छ।
घटनास्थल मकवानपुर र काठमाडौंको सिमाना रहेकोले इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ।यद्यपि मृतकको पहिचान हुनसकेको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।






