अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट

हेटौंडा । प्रदेश ३ नम्बर का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको सल्यक्रिया गरेपछी आज उच्च स्तरका ब्यक्तित्वहरुले भेट्नेक्रम निकै बढेको छ । आज मात्र प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोख्रेल, प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोईरालाले भेट गर्नुभएको मुख्यमन्त्रीका स्वकिय सचिब अनुप पौडेलले बताउनुभयो ।
उहाँको मुटुको सल्यक्रियापछी अहिले आईसीयुमा राखिएको प्रेश संयोजक प्रकाश दाहालले बताउनुभयो । अप्रेशन गरेर अस्पतालमा रहनुभएका मुख्यमन्त्रीलाइ भेट्नका लागिआउनुभएका प्रधानमन्त्री ओलीले अप्रेशनस सफलभएले आराम गर्नका लागि सुझाब दिनुभएको छ ।
सफलरुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको आईतबार एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिाएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।
अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ । यद्यपी जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाई छ ।