हेटौंडाबाट ४१ केजी गाँजासहित लामा पक्राउ
हेटौंडा – हेटौंडा उपमहानगरपालिका–३ मा एक घरबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौंडा३ तिनताप्के बस्ने ३१ बर्षीय ईश्वर लामा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार लामाको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा ४१ किलो ५०० ग्राम फेला परेको हो ।
लामालाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






