सातवटै प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने

जनपत्र
२१ माघ २०७८, शुक्रबार ०७:१२

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा पानी परिरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ । गएरातिदेखि नै पानी परिरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जनरचटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।विभागले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा मेघ गर्जनरचटयाङ र असिनासहित वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*