मारिए आईएसआईएसका नेता कुरेसी

जनपत्र
२१ माघ २०७८, शुक्रबार ०७:०५

मुस्लिम अतिवादी समूह आईएसआईएसका नेता अबु इब्राहिम अल–हासिमी अल कुरेसी मारिएका छन् । संयुक्त राज्य अमेरिकाका सैनिकको कारबाहीमा उनी मारिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आईएसआईएसका नेता कुरेसीको आफ्ना सैनिकको कारबाहीमा मृत्यु भएको जनाएका छन् । उनले आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको कारबाहीमा कुरेसीको मृत्यु भएको उल्लेख गरेका छन् । उनले बिनाकुनै क्षति कारबाही सफल भएको पनि जनाएका छन् ।

‘हाम्रा ती सिपालु र वीर सैनिकहरूलाई धन्यवाद छ, हामीले अबु इब्राहिम अल हसिमी अल कुरेसीको युद्ध क्षेत्र कब्जा गरेका छौं,’ बाइडेनले विज्ञप्तिमा भनेका छन्, ‘यो सैन्य कारबाहीमा सहभागी अमेरिकीहरू सकुशल छन् ।’

बग्दादी मारिएयताकै सबैभन्दा ठूलो अमेरिकी उपलब्धि

यो सैन्य कारबाहीको राष्ट्रपति वाइडेनले आफ्ना उपराष्ट्रपति र राष्ट्रपतिका सुरक्षा सल्लाहकार टिमका सदस्यहरूसँगै बसेर अनुगमन गरेका थिए । अमेरिकी कारबाहीका क्रममा महिला र बालबालिकासहित १३ जनाको मृत्यु भएको पनि बताइएको छ । सैन्य कारबाहीमा ६ बालबालिका र चार महिलासहित थप १३ जनाको मृत्यु भएको हो ।

न्युयोर्क टाइम्सका अनुसारले अमेरिकी सेनाले कारबाही थालेलगत्तै कुरेसीले आफूसँग भएको बम विस्फोट गरेका थिए । बम विस्फोटमा उनीसहित उनका परिवारका अन्य सदस्यको पनि मृत्यु भएको थियो । अमेरिकाले आईएसआईएसका नेता कुरेसीलाई सर्वाधिक खोजीको सूचीमा राख्दै आएको थियो । गोप्य सूचनाका आधारमा उनी बसेको तीनतले घर थाहा पाएपछि दुई दर्जन अमेरिकी कमान्डोहरूले बिहीबार हेलिकोप्टरबाट कारबाही चलाएका थिए ।

अमेरिकाले सन् २०१९ मा पनि आईएसआईएसका तत्कालीन नेता अबु बक्र अल बग्दादीको हत्या गरेको थियो । बग्दादीको मृत्युपछि कुरेसीले नै आईएसआईएसको नेतृत्व सम्हालेका थिए । बग्दादी मारिएयता यो सबैभन्दा ठूलो उपलब्धि भएको अमेरिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*