गर्भाधानको २३ हप्तामा जन्मिएकी शिशु बाँच्न सफल

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:१२

मृत्युको मुखमा पुगेर पनि जीवन प्राप्त गर्नु सरहको उपलब्धी सायदै अरु होला । यस्तै अमेरिकाको क्यालिफोर्नियामा सबैभन्दा कम तौलमा जन्मिएको बच्चा जसलाई डाक्टरले केही घण्टा बात्र बाँच्ने बताएकी थिइन् तर ती बालिका मृत्युलाई जितेर घर फर्किएकी छिन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित सान डियगोमा २ सय ४५ ग्राम तौल भएकी सेबी नामक बालिका गर्भाधानको २३ हप्ता तीन दिनमा जन्मिएर पनि बाँच्न सफल भएकी छिन् । सन् २०१८ को डिसेम्बरमा जन्मेकी उनी केही घण्टा मात्रै बाँच्ने बताएका थिए । तर जन्मिएको पाँच महिनापछि मृत्युसँगको सङ्घर्षमा जितेकी उनी साढे दुई किलोको स्वस्थ बच्चाका रुपमा अस्पतालबाट डिस्चार्ज भइन् ।

जन्मिँदा मात्र एउटा स्याउ बराबरकी सेबी बाँच्नु चमत्कार भएको चिकित्सकको भनाइ छ । रक्तचापसम्बन्धी समस्या देखिएका कारण सेबीको आमा छ महिनाको गर्भवती हुँदा आपत्कालीन अप्रेशन गरेर बच्चा निकालिएको थियो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*