सरकारले बढायो दूधको समर्थन मूल्य, प्रतिलिटर ६.५२ रुपैयाँ बढ्यो

जनपत्र
१८ माघ २०७८, मंगलवार ०७:२१

सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले जानकारी दिए। सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ।

उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए।

लामो समयदेखि मूल्य बढाउन कृषकहरुले माग गर्दै आएका थिए। कृषकहरुले लागत धेरै भएको भन्दै कम्तिमा पनि १५ देखि २० रुपैयाँ मूल्य समायोजनको माग गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*