विद्यार्थीहरुलाई सार्वजनिक सवारीमा छुट नदिनेलाई अनेरास्वियुको कारवाही

जनपत्र
१६ माघ २०७८, आईतवार ०६:२२

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सार्वजनिक सवारीमा विद्यार्थीहरुलाई छुट नदिने सवारीलाई कारवाही गरेको छ । जोरविजोरको बहाना बनाएर विद्यार्थी परिचयपत्र देखाउँदा पनि विद्यार्थीहरुलाई छुट नदिने सार्वजनिक सवारीलाई कारवाही गरिएको हो ।

अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पसले ट्राफिक प्रहरीसँगको समन्वयनमा चाबहिल चोकमा अनुगमन गर्दै छुटे नदिनेलाई कारवाही गरिएको जनाएको छ । यस्तै गाडीमा भाडादर, मास्क, स्यानिटाइजर राख्न आग्रह गरिएको छ । मास्क नलगाएका यात्रुहरुलाई मास्क लगाएर मात्रै चढाउन पनि आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*