हेटौंडामा सुबिधा सम्पन्न चार बिद्यालय भवन निर्माण गरिदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको चार वडामा सुबिधा सम्पन्न बिद्यालय भवन निर्माण सुरु भएका छन् । युएसएआइडीको सहयोगमा भुकम्प प्रतिरोधि, सुबिधा सम्पन्न बिद्यालय निर्माण हुन लागेका हुन् । हेटौंडाको वडानम्बर ३, १३, १४ र १५ मा भुकम्पका कारण क्षेतीग्रस्थ बनेका बिद्यालय भवनहरु निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । चार वटा वडामा बिद्यालय भवन निर्माणका लागि अमेरीकी जनताको ५५ करोड रुपैयाँ ुहयोगमा भवन निर्माण गर्न लागिएको हो ।
बिद्यालय निर्माण गर्दा भुकम्प प्रतिरोधि, पुस्तकालय सहितको निर्माण गर्न लागिएको छ । निर्माण गरिएका सबै बिद्यालयको मर्मत, शिक्षालाई गुणस्तरिय बनाउने काम, शिक्षक, बिद्याथी संगको समन्वय लगायतका काम भने उपमहानगरपालिकाले गर्ने मेयर महतले बताउनुभयो ।
हेटौंडा सहित मकवानपुरको सुकौरा लगायतका स्थानमा बिद्यालय निर्माण गर्ने कामको सुरुवात गरिएको छ । यसका लागि मेयर महतको समन्वयमा एक अरब रुपैयाँ ल्याइएको हो । भवन निर्माण भईसकेपछी बिद्याथीहरुले अहिले भोग्दै आएको समस्या भने हट्ने छ ।