मकवानपुरमा ओभरलोड बोक्ने ४७ टिपरलाई प्रहरीको कार्बाही

जनपत्र
१५ माघ २०७८, शनिबार १८:५४

हेटौंडा । मकवानपुरका बिभीन्न स्थानमा तोकिएको भन्दा ओभरलोड बोक्ने ४७ वटा टिपरलाई आज प्रहरीले कार्बाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मकवानपुरका बिभीन्न स्थानमा चेकिङ गरेर खानीबाट सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर ल्याउने टिपरलाई कार्बाही गरेको हो ।

प्रहरीले हेटौंडा–११, १५, मनहरी–७, भिमफेदी–१, मकवानपुरगढी २ लगायतका सडकमा चेकिङको क्रममा ओभरलोड बोकेर सिमेन्ट उद्योग तर्फ आइरहेका टिपरलाई कार्बाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । ओभरलोड बोक्ने टिपरलाई प्रहरीले दिनहुँ कार्बाही गरेपनि हेटौंडा सिमेन्ट उद्योग, सिमब सिमेन्ट उद्योग र रिद्धिसिद्धी सिमेन्ट उद्योगमा चुनढुंगा ओसार पसार गर्ने क्रम भने ठेकेदारहरुले अझै रोकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*