तनहुँ – व्यास नगरपालिकामा भाेलि सार्वजनिक बिदा

तनहुँ – व्यास नगरपालिकाले सहिद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले सहिद दिवसको दिन भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्याे दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।
त्याे दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो । तर यसपटक कोरोना जोखिमका कारण कार्यक्रम स्थगित भएको छ ।