राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशका दुइ पदका लागि हेटौंडामा मतगणना

जनपत्र
१२ माघ २०७८, बुधबार १६:४७

हेटौंडा । राष्ट्रिय सभा सदस्यअन्तर्गत वाग्मती प्रदेशमा खाली रहेको दुई सिटका लागि आज हेटौंडामा मतदान सकिए लगतै मतगणाको काम भइरहेको छ । आज हेटौंडा औद्योगित क्षेत्रमा बिहान ९ बजेदेखि दिउसो ३ बजे सम्म मतदान भएको हो । त्यस लगतै मतगणनाको काम सुरु भएको हो । हेटौंडामा पानी परेपनि पालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यहरु मतदान गरेका थिए ।

आज भएको निर्वाचनको मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । आजको निर्वाचनमा विकेकशील साझाका ३ जना बागमती प्रदेशसभा सदस्य भने मतदानमा सहभागी भएनन्।

मतगणनाको परिणाम एक देखी डेढ घण्टा भित्र आउने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनका दुई जना,नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन।विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*