राष्ट्रिय सभाको निर्वाचनमा जाँदै गरेको गाडी दुर्घटना : सांसद सहित दुई जना घाइते

जनपत्र
१२ माघ २०७८, बुधबार ११:०७

अर्घाखाँची – महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी दुर्घटना भएको छ । प्रदेश सांसद तुल्सी  चौधरी  सहित २ जना घाइते भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा दाङ् जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट  आउँदै गरेको ट्रकले ठक्कर दिएको हो ।  घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ । गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेकाे गाडी दुर्घटना भएको होे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*