९५ वर्षीय पिताको निधन : सात छोरीले पुर्‍याए घाट, दागबत्ती दिएर गरे बिदाइ

जनपत्र
१२ माघ २०७८, बुधबार ०६:३६

जुन पिताको हात समातेर हिँड्न सिके, माया प्रेमले हुर्किए, ठूला भएर आफ्नो खुट्टामा उभिए। तिनै पिताको पार्थिव शरीरलाई जब सातजना छोरीले काँधमा राखेर घाटसम्म पुर्‍याए तब देख्ने सबैका आँखा रसाए।

यी सात छोरी पिताको पार्थिव शरीलाई काँधमात्रै दिएनन्, घाटसम्म लगेर दागबत्ती दिएर अन्तिम संस्कार पनि गरे। यो घटना भारतको राजस्थानस्थित बुन्दी जिल्लाको हो। नेपालमा जस्तै भारतमा पनि अझै छोरा र छोरीबीच भेदभाव रोकिएको छैन। तर ती ९५ वर्षीय किसानका सात छोरीले छोरासरह भूमिका निर्वाह गर्दै बुवालाई स(सम्मान अन्तिम बिदाइ गरे।

९५ वर्षीय रामदेव कलालको बिरामीका कारण मंगलबार बिहान निधन भएको थियो। कलाल समाजको मुक्तिधाममा हिन्दु संस्कार अनुसार सात छोरीले मुखाग्नि दिएका हुन्। बुन्दी जिल्लाको बाबाजीस्थित बडा निवासी रामदेव कलालको मंगलवार निधन भएको थियो। उनी पेशाले किसान थिए। छोराको आशमा उनले सात छोरीलाई जन्म दिएका थिए।

पिताको निधनको खबर सुनेपछि छोरी सुवालका काछोला बुन्दी निवासी कमला देवी, शंकर नगर भीलवाडा निवासी मोहिनी देवी, इन्द्रगढ बुन्दी निवासी गीता देवी, हिन्डोली बुन्दी निवासी मूर्ति देवी, शंकर नगर भीलवाडा निवासी पूजा देवी, टोडारायसिंह टोङ्क निवासी श्यामा देवी र हिन्डोली बुन्दी निवासी ममता देवी माइती पुगेका थिए।

उनीहरु आफैं पितालाई काँध दिन पुगेका थिए। उनीहरुले पितालाई हिन्डोली टोल हुँदै कलाल समाजको मुक्तिधामा रीतिरिवाजसहित मुखाग्नि दिए। रामदेव कलालल छोरीहरुलाई भाइको कुनै कमी हुन दिएका थिएनन्। हातमा हात मिलाएर उनीहरुलाई छोरा जस्तै हुर्काएका थिए। टोलको मुख्य मार्ग हुँदै जब अन्तिम यात्रा निक्लियो तब छोरीहरुले पितालाई काँध दिएको देखेर माहोल भावुक बनेको थियो।

ठूली छोरी कमला देवीले आफ्ना पिताले कहिले पनि भाइको कमी महसुस हुन नदिएको बताइन्। उनीहरुलई छोरा जस्तै बराबरी व्यवहार गर्न सिकाएर उनले हुर्काएका थिए। उनीहरुकी आमाको ५ वर्षअघि नै निधन भएको थियो। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*