इजरायलले बनायो निशाना लगाउने अचुक ड्रोन : उड्दै गोली हान्न सक्ने
इजरायलको एउटा हातहतियार निर्माण कम्पनीले आकासमा उड्दै अचुक तरिकाले सैन्य हतियार चलाउन सक्ने खालको शसस्त्र ड्रोन प्रणालीको विकास गरेको छ । ‘दी स्म्यास ड्रागन’ नाम दिइएको यस ड्रोनले उड्दै स्थिर र गतिशील लक्षमा गोली प्रहार गर्न सक्छ ।
स्मार्ट सुटर नामक कम्पनीले यो दोस्रो पुस्ताको लडाकु ड्रोन डिजाइन गरेको हो । विभिन्न प्रकारका मानवरहित हवाई वस्तु जस्तै ड्रोनमा स्म्यास ड्रागनलाई जडान गरिएपछि यसले आकासमा उड्दै तोकिएका स्थानमा अचुक गोली प्रहार गर्न सक्छ । यस ड्रोन प्रणालीमा जडान गरिएको एसल्ट वा स्नाइपर राइफललाई अपरेटरले टाढैबाट चलाउन सक्छन् ।
इन्साइडरमा सेयर गरिएको कम्पनीको प्रेस विज्ञप्तिमा भनिएको छ, यो हतियार अत्यन्तै कम वजनको भएकाले यसको अदभूतको स्थिरता गुण छ । जसको कारण ड्रोन जतिसुकै तीव्र गतिमा उडिरहँदा पनि यसले अचुक लक्ष भेदन गर्न सक्छ ।शिष्ट कम्प्युटर भिजन क्षमतासहितको यस प्रणालीले दिउँसो र राति दुवै समय काम गर्न सक्छ ।
कम्पनीले भनेको छ, ूस्म्यास ड्रागनको प्रत्यक्ष फायरिङ परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ । विकासको विशिष्ट चरणमा पुगिसकेको यसलाई अझै औपचारिक प्रयोगमा ल्याइएको छैन । द जेरुसेलमा पोस्टकाअनुसार यसलाई हमास लडाकु समूहका ड्रोन तथा गाजा क्षेत्रबाट प्रोपोगान्डाका लागि उडाइने बेलुनहरू खसाल्न प्रयोग गरिने जनाएको छ ।






