म्यानमारमा महिलाको कपालको शैली हेरेर विवाहित वा अविवाहित छुट्याइन्छ

जनपत्र
२० जेष्ठ २०७६, सोमबार ०६:११

कोही नारीले सिन्दुर र रातो चुरा पोते लगाएको छ भने हामी विवाहित भनी थाहा पाउँछौं । तर म्यानमारको एउटा गाउँमा महिलाको कपालको शैली हेरेर विवाहित वा अविवाहित छुट्याइन्छ । मध्य म्यानमारको ये पोटे गी नामक गाउँका बासिन्दाले आफ्नो उमेर जनाउन र विवाह भएका वा नभएका जनाउने गरी कपालको शैली बनाउँछन् । यदि महिलाहरुले अगाडि कपाल राख्छन् भने उनीहरु अविवाहित भन्ने बुझिन्छ । यहाँका महिलाहरु १८ वर्ष पुगेपछि कपाल कान पछाडि राख्ने गर्छन् ।

यसबाट उनीहरु डेटमा जान तयार भएको बुझाँउछ । यदी कसैले टोउको पछाडी जुरो बाँटेको छ भने विवाह भैसकेको भन्ने थाहा हुन्छ । २ सय वर्षदेखि चल्दै आएको यो परम्परा यहाँ अझै कायम छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*