हेटौंडा–५ शान्तिनगरमा ३७ लाख लागतमा पक्की सडक

जनपत्र
११ माघ २०७८, मंगलवार १०:३९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ शान्तिनगरमा पक्की सडक निर्माणको काम सुरु गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पक्की सडकको शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले हेटौंडाका साविकका वडामा सडक फराकिलो, पेटी, नाली र फूल रोप्ने अधियानलाई तिब्रता दिएको बताउनुभयो ।

विकासका काम साढे चार वर्षको अवधिमा धेरै गरिएको र जती गरेपनि विकासको आवस्यक्ताहरु पनि बढ्दै जाने मेयर महतले बताउनुभयो । ठुला विकसित मुलुकमा पनि बिकासका कामको अझै आवस्यक्ता रहेकाले हाम्रो ठाउँमा विकासका कामले तिब्रता पाएसंगै आवस्यक्ता पनि बढ्दै गएको बताउनुभयो ।

कुल ३७ लाख ५० हजार रुपैयाँ लागतमा आठ मिटर चौडा सडक निर्माण गर्न लागिएको हो । कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*