मनहरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जनपत्र
१० माघ २०७८, सोमबार १९:२३

हेटौंडा – मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला बागेश्वरी घर भएका ४१ वर्षीय ओम प्रकाश गिरी रहेका छन् ।

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्वरको मोटरसाइकललाई मनहरी–७ बिजौनास्थित ठक्कर दिँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । घटनाको आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*