कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली भित्रिने मुख्य नाकामा हेल्थ डेस्क

जनपत्र
९ माघ २०७८, आईतवार ११:२५

सुर्खेत – कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको सहयोग तथा समन्वयमा भेरीगङ्गा नगरपालिका-१० को तोलिखोला (छिन्चु)मा आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

बबई हुँदै भारत तथा अन्य देशबाट आउने नागरिकहरुलाई विशेष लक्षित गरेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयाे ।

उहाँले हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिने र लक्ष्ण देखिएकाहरुको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिने बताउनु भएकाे छ । त्यस ठाउँमा होल्डिङ सेन्टर निर्माण हुँदै गरेको अहिले अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयाे ।

हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पठाएको छ । उहाँले यसअघि सुर्खेत विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको बताउनु भयाे ।

कोरोना सङ्क्रमणको तेस्रो लहर आएपछि कर्णालीमा  पनि कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७२ रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*